x
Home » » तेरिया मगर भईन् DID L'il Masters

तेरिया मगर भईन् DID L'il Masters



DID L'il Masters को ट्रफीका साथ नेपाली छोरी तेरिया मगर
रुद्रपुर, रुपन्देहीकी नेपाली छोरी तेरिया मगरले भारतीय टिभी Zee Cinema को  रियालिटी शो DID L'il Masters' 3 को उपाधि हात पारेकी छन् । शनिबार राती भएको फाईनलमा प्रतिष्पर्धी तीन जना फाईनलिस्टलाई पछि पार्दै तेरियाले उपाधि हात पारेकी हुन् । प्रतियोगितामा अनुष्का क्षेत्री दोस्रो स्थानमा पर्न सफल भएकी छन् । अडिसन राउण्डदेखि नै अत्यन्त उत्कृष्ट नृत्य प्रस्तुत गर्दै आईरहेकी ११ बर्षिय नेपाली बालिका तेरियाले १४ बर्षसम्मका ४० हजार प्रतिस्पर्धीलाई विभिन्न चरणमा पछि पार्दै दर्शकबाट सबैभन्दा बढी भोट पाएर उपाधि जितेकी हुन् । मुम्बईमा भएका तीनवटा अडिसन, नयाँ दिल्लीमा भएको टेलिभिजन अडिसन राउण्डमा १०२ जना, कोरियोग्राफ राउण्डमा ३६ जना, मेगा राउण्डमा उत्कृष्ट १६ तथा अन्तिम १० हुँदै फाईनलमा प्रवेश गरेकी तेरियाले उपाधिसमेत हात पार्न सफल भईन् । DID L'il Masters को फाईनलमा पुग्ने तेरिया नै पहिलो नेपाली तथा कम उमेरकी प्रतिस्पर्धी हुन् । प्रतियोगिताको उपाधि सहित उनले ५० लाख भारतीय रुपैयाँको साथै एउटा कारसमेत पाएकी छन् । बुटवलस्थि बागेश्वरी संगितालयमा विगत ५ बर्षदेखि नृत्य सिक्दै आएकी तेरिया रुद्रपुरकै पिस ल्याण्ड भुपु सैनिक विद्यालयमा ५ कक्षामा अध्ययनरत छिन् । उनकी आमा सोही विद्यालयमा क्यान्टिन सञ्चालन गर्छिन् भने बुबा रोजगारीका लागि दुबईमा छन् । भारतका अन्य प्रतियोगितामा कैयौं नेपाली भाषीले सफलता प्राप्त गरेको भएतापनि नेपालमै DID L'il Masters को उपाधि हात पार्ने तेरिया पहिलो नेपाली हुन् । फाईनलमा उनले भारत कोलकत्ताकी ८ बर्षिया अनुष्का क्षेत्री, भारत बैंगलोरका १० बर्षीय शर्बिन शेट्टी तथा मुम्बईका १२ बर्षिय हार्दिक रुपारेललाई पछि पारेकी हुन् DID L'il Masters को उपाधि हात पारे लगत्तै तेरियाले नेपाल र नेपालीको शिर उँचो बनेको प्रतिक्रिया दिएकी छन् । सन् २००७ को तेस्रो ईण्डियन आईडल बन्न सफल नेपाली भाषी प्रशान्त तामाङ्ग पनि नेपालीको अत्याधिक भोटकै कारण विजयी भएका थिए ।

Watch Full Episode DIL L'il Masters Season 3 - Episode 33 - June 21 2014
Share this article :

---------------------------------------------------------------------------------------------------

Click to Listen/Download Muktak Madhurima
 
Support : Youtube | Internet Archive | Krisha Music
Copyright © 2013. Ramu Acharya - All Rights Reserved
WEBSITE BY : RIJAN KC
ALL RIGHTS RESERVED : RAMU ACHARYA